रास्वपाको विरोधपछि आधा घण्टालाई संसद् स्थगित « Khabarhub

रास्वपाको विरोधपछि आधा घण्टालाई संसद् स्थगित


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक समिति गठन हुनुपर्ने माग दोहोर्‍याएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवात मै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै सांसद चन्दा भण्डारी कार्कीले उच्चस्तरीय छानबिन समिति वा न्यायिक समिति गठनको माग गरेकी हुन् । 

रास्वपा केही दिनदेखि संसद्मा भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै आएको छ । मंगलबारको बैठकमा सांसद कार्की बोलिसकेपछि नेपाली कांग्रेसको प्रमुख सचेतक श्याम घिमिरे बोलेका थिए । 

उनले रास्वपाका सांसदले घाँटीमा पहिरिएको निलो रंगको रिबन लगाइएको भन्दै संसद्‌मा मर्यादित पोसाक लगाएर उपस्थित हुनुपर्ने बताए । बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : २१ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ