रास्वपाले गृहमन्त्रीलाई भन्यो– रोष्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ? « Khabarhub

रास्वपाले गृहमन्त्रीलाई भन्यो– रोष्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ?


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा भण्डारी कार्कीले गृहमन्त्री रमेश लेखकसँग संसद्को रोष्ट्रमबाट धम्क्याउनुको कारण सोधेकी छन् ।  

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवात मै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले गृहमन्त्री लेखकसँग जेठ ३० गते संसद्को रोष्ट्रमबाट धम्क्याउनुको कारण सोधेकी हुन् । 

‘यो समस्या आजको होइन । ०६४ सालदेखि चल्दै आएको गम्भीर विकृति हो । अब यसको जालो हामीले च्यात्नु पर्छ । त्यसैले हामीले उच्चस्तरीय छानबिन समिति बनाएर दोषीमाथि कारबाही गरी सुशासन स्थापित गर्न माग गरेका हौँ,’ सांसद कार्कीले भनिन्, ‘तर, यस्तो सत्य बोल्दा पनि सरकार आक्रोशित हुँदै रोष्टमबाट धम्क्याउनुको अर्थ के हो रु जहाँसम्म गृहमन्त्रीको राजीनामाको कुरा हो, हामीले उहाँलाई अपराधी भनेका छैनौँ ।’ 

आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लेखक जेठ ३० गते संसद् बैठकमा प्रतिपक्षी रास्वपाविरुद्ध आक्रोशित ढंगले प्रस्तुत भएका थिए । 

सांसद कार्कीले अगाडि भनिन्, ‘विवादास्पद अध्यागमन प्रमुखको नियुक्ति, उनलाई अख्तियारको छानबिनबाट जोगाउन एक दिनमै सुरुवा गर्नु, कारबाही प्रक्रिया अगाडि बढाएका व्यक्तिलाई मन्त्रालयमै फर्काउनु र अख्तियारका पत्रहरूको बेवास्ता गर्नु यी सबैमा प्रश्न त उठेकै हो नि सभामुख महोदय ।’

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : ३३ बजे

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको