कांग्रेसलाई रास्वपाको प्रश्न : नीलो मफलर नलगाऊ कुन नियमावलीले भन्छ ? « Khabarhub

कांग्रेसलाई रास्वपाको प्रश्न : नीलो मफलर नलगाऊ कुन नियमावलीले भन्छ ?


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ नेपाली कांग्रेसलाई प्रश्न गरेको छ । कांगेसले निलो रिबन लगाएर गएका सांसदहरूलाई संसद् बैठकबाट बाहिर निकाल्नु पर्ने माग गरेपछि रास्वपाले प्रश्न गरेको हो । 

मंगलबारको प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएपछि रास्वपाका कार्यवाहक प्रवक्तासमेत रहेका सांसद मनिष झाले एक्स (ट्विटर)मार्फत् कांग्रेसलाई सोधका छन्, ‘सदनमा रातो मफलर लगाउन पाउने तर नीलो नलगाऊ भन्ने कुन नियमावलीले भन्छ ?’

त्यसअघि कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका रास्वपाका सांसदहरूलाई संसद् बैठकबाट निष्कासन गर्न माग गरेको थियो । 

बैठकमा नियमापत्ति जनाउने क्रममा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भनेका थिए, ‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रणको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ । नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : ५२ बजे

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये