उपेन्द्रले सके ‘जारी २’ सुटिङ, दशैँमा प्रदर्शनमा आउने पक्का « Khabarhub

उपेन्द्रले सके ‘जारी २’ सुटिङ, दशैँमा प्रदर्शनमा आउने पक्का


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘जारी २’को छायाङ्कन सकिएको छ ।

पाँचथरमा ३६ दिन लगाएर यस फिल्मको छायाङ्कन सकिएको सोमबार निर्माण पक्षले जानकारी दिएको हो ।

उपेन्द्रकै लेखन रहेको यो फिल्ममा नायकहरु दयाहाङ राई, विजय बराल, नायिकाहरु मिरुना मगर शीर्ष भूमिकामा रहेका छन् । नायिका ऋचा शर्मा विशेष भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।

छायाङ्कन सकिए लगत्तै फिल्म निर्माण कम्पनी बासुरी फिल्मस्ले दशैँमा प्रदर्शनमा आउने बताएको छ । यद्यपि यो यही मिति भनेर किटान गरिएको छैन ।

दशैँमा प्रदर्शनम मितिको अर्थ कि घटस्थापन कि फूलपाती भन्ने बुझिन्छ । यो वर्षको घटस्थापना ६ गते सोमबार परेको छ । घटस्थापना पछिका मंगलबार, बुधबार र बिहीबार सार्वजनिक बिदा नभएको सोमबार नै प्रदर्शनमा आउने सम्भावना कम छ ।

यस अर्थमा यो फिल्म फूलपातीमा नै प्रदर्शनमा आउने सम्भवना बलियो । अहिलेसम्म फूलपातीलाई ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को प्रदर्शन मिति तोकिसेका छन् ।

‘जारी’ पनि यही मितिमा प्रदर्शनमा आए चार फिल्मको भिडन्त हुने देखिन्छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : १० बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६