काठमाडौं– भारतले इरानको राजधानी तेहरानमा रहेका आफ्ना विद्यार्थीलाई त्यहाँबाट निकालेको छ । भारतीय विदेश मन्त्रालयले तेहरानमा रहेका भारतीय विद्यार्थी निस्किएको जनाएको हो ।
इरान छाड्न चाहने तीमध्ये केही विद्यार्थी अर्मेनियाको बाटो भएर जान सक्ने मन्त्रालयले उल्लेख गरेको छ । भारत सरकारले आफ्ना नागरिकलाई त्यहाँबाट निकाल्ने पहल थालेको छ । यसका लागि भारतले विभिन्न च्यानल उपयोग गरिरहेको अमेरिकी टेलिभिजन सीएनएनले उल्लेख गरेको छ ।
‘तेहरानमा रहेका भारतीय विद्यार्थी राजदूतावासको समन्वयमा सुरक्षाका कारण निस्किएका छन् ।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयवसालले मंगलबार भनेका छन् । उनले यातायातमा आत्मनिर्भर रहेका केही भारतीयलाई पनि इरान छाड्न भनिएको जानकारी दिए ।
उनले भारतीय राजदूतावास इरानमा रहेका भारतीयहरुसँग नियमित सम्पर्कमा रहेको जानकारी दिएका छन् ।
पछिल्लो समय इरानमा भारतीय विद्यार्थीको सङ्ख्या बढ्दै गएको बताइन्छ । भारतीय विद्यार्थीहरु खासगरी चिकित्सा एवम् औषधिविज्ञान अध्ययन गर्न इरान जाने गरेका छन् ।
प्रतिक्रिया