मोसादको मुख्यालयमा इरानी आक्रमण, सेनाको जासुसी विभागको भवन पनि निशानामा | Khabarhub Khabarhub

मोसादको मुख्यालयमा इरानी आक्रमण, सेनाको जासुसी विभागको भवन पनि निशानामा


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ– इजरायल र इरानबीचको संघर्ष पाँचौं दिनमा पनि जारी छ। इरानले मंगलबार तेल अभिभस्थित इजरायलको गुप्तचर संस्था मोसादको मुख्यालयमा हवाई हमला गरेको छ।

इजरायलको सैन्य गुप्तचर निकाय एमएनको भवनलाई पनि इरानले निशाना बनाएको छ।

इरानले इजरायली राजधानी तेल अभिभको हर्जलिया क्षेत्रस्थित मोसाद मुख्यालयमा हमला गरेको हो। यससँगै सैन्य गुप्तचर संस्था एमएनको भवनमा पनि आक्रमण गरिएको अलजजिराले जनाएको छ।

इरानी सेना इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले दुवै स्थानमा आक्रमण गरिएको पुष्टि गर्दै सार्वजनिक वक्तव्य जारी गरेको छ।

मोसाद मुख्यालयमा भएको हमलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ। हमलापछि भवनमा भीषण आगलागी भएको देखिएको छ।

यता इजरायली हवाई हमलामा इरानका वरिष्ठ सैन्य अधिकारी मेजर जनरल अली शादमानीको मृत्यु भएको छ।

उनी हालै नियुक्त खतम-अल-अनबिया हेडक्वार्टर्स (सैन्य आपतकालीन कमान्ड) का प्रमुख थिए। उनले चार दिनअघि मात्र यो जिम्मेवारी सम्हालेका थिए।

शादमानीले मेजर जनरल गुलाम अली राशिदको स्थान लिएका थिए, जसको मृत्यु गत शुक्रबार इजरायली हमलामा भएको थियो।

इजरायली आक्रमणमा हालसम्म २२४ इरानी नागरिकको मृत्यु भइसकेको छ। एक हजार ४८१ जना घाइते भएका छन्। त्यस्तै इजरायलमा हालसम्म २४ जनाको मृत्यु भएको छ । ६०० भन्दा बढी घाइते भएका छन्।

यसैबीच इजरायली हमला बढेपछि इरानले बिदामा रहेका सबै डाक्टर र नर्सहरूलाई फिर्ता बोलाएको छ।

इरानका उपस्वास्थ्य मन्त्री सइद सज्जाद रजावीले सबै डाक्टर र नर्सहरूको छुट्टी रद्द गरिएको बताएका छन् । उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा निरन्तर उपस्थित हुन भनिएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ५८ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज