पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरुमाथि ज्यादती बढ्दो  « Khabarhub

पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरुमाथि ज्यादती बढ्दो 


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले जारी गरेको पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा ढुवानीका क्रममा पशुहरुमाथि हुने ज्यादती बढ्दै गइरहेको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।  

जीवित पशुपन्छी ढुवानी दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित एक कार्यक्रममा पशु अधिकारकर्मीहरूले सरकार र जिम्मेवार निकायहरूलाई यसको कार्यान्वयनमा देखिएको उदासीनताबारे प्रश्नसमेत गरेका छन् ।

एनिमल नेपालकी सुलक्षणा राणाले क्वारेन्टाइन सर्टिफिकेट र भेटेरिनरी प्रमाणपत्र मापदण्डअनुसार जारी नहुँदा ढुवानीका क्रममा पशुमाथि हुने ज्यादती ज्युँका त्युँ देखिएको गुनासो गरिन् । ‘सरकारले बनाएको ढुवानी मापदण्डमा ढुवानी गरिने जनावरको खाना, पानी, विश्राम, त्यसलाई गर्नुपर्ने व्यवहार लगायत प्रावधानहरू छन्,’ राणाले भनिन्, ‘तर व्यावहारिक रूपमा ती मापदण्ड कार्यान्वयन भएको पाइँदैन । अहिले पनि गाई, भैंसी, बाख्रा जस्ता जनावर सवारीसाधनमा खाँदेर, मुख र पुच्छर बाँधेर अमानवीय ढंगले ढुवानी हुने गरेको छ ।’

राणाले नेपालले जारी गरेको पशु ढुवानी मापदण्ड विदेशी मोडलको ‘कपी पेस्ट’जस्तो देखिने गरेको आरोप पनि लगाइन्।

 ‘नेपाली सडक र भूगोल अनुसार मापदण्ड अनुकूल छैन, तर मापदण्ड नमान्ने प्रवृत्तिले पशुलाई सँधै पीडा मात्र दिएको छ,’ उनको भनाइ छ ।

नेपालको संविधानले पशु कल्याणलाई संरक्षण गर्नुपर्ने उल्लेख गर्दागर्दै पनि १८ वर्ष पुरानो मापदण्ड व्यवहारमा लागू नहुनु राज्यको दायित्वहीनताको प्रतीक भएको उनले टिप्पणी गरिन् । पछिल्लो समय पशु अधिकारको क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूले पशु ढुवानीको तौर तरिकाबारे अध्ययन गरिरहेका छन् । जसले राजधानी प्रवेश गर्ने अधिकांश पशुहरूको ढुवानी अमानवीय ढंगले हुने गरेको देखाएको छ ।

पशु ढुवानी मापदण्ड सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा दायर भएकोमा त्यसको कार्यान्वयनका लागि सर्वोच्च अदालतबाट स्पष्ट आदेश जारी भएको थियो । तर, सम्बन्धित मन्त्रालय र कार्यान्वयन निकायहरूको समन्वय अभाव, जनचासोमा कमजोरी, र जनावरप्रति गरिने व्यवहारमा चेतनाको न्यूनताले गर्दा यो समस्या गहिरिँदो छ।

पशुपालन, पशु स्वास्थ्य, सार्वजनिक स्वास्थ्य र पशु अधिकारजस्ता बहुआयामिक विषय जोडिने यो मापदण्डको कार्यान्वयन नभएकोले आर्थिक, नैतिक र सामाजिक मूल्यहरू समेत खल्बलिन थालेका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ११ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर