नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण « Khabarhub

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको पाइएको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठूलो जोखिम कारक भएको उल्लेख गर्दै सार्वजनिक नीति र लगानीले सबैभन्दा लागत प्रभावी समाधान भएका क्षेत्रलाई प्राथमिकता दिँदै वायु गुणस्तर सुधार गर्न आवश्यक रहेको सुझाव दिएको छ । 

विश्व बैंकले ‘नेपाल स्वच्छ हावातर्फ लाभ, प्रदूषणका स्रोतहरू र समाधानहरू’ शीर्षक दिएर नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल र इन्डो–गङ्गेटिक समथरभूमि तथा हिमाली फेदी क्षेत्रको वायु प्रदूषणको गहिरो मूल्यांकन प्रतिवेदनमा प्रस्तुत गरिएको छ । 

प्रतिवेदनले जनाए  अनुसार वायु प्रदूषणका कारण प्रत्येक नेपालीको औसत जीवन आयु ३.४ वर्षले घटेको छ भने वार्षिक झन्डै २६ हजार मानिसको असामयिक मृत्यु भइरहेको छ । 

काठमाडौं उपत्यका र तराई क्षेत्रलाई वायु प्रदूषणको सर्वाधिक सघन क्षेत्र ‘हटस्पट’ मानिएको छ । पछिल्लो दशकमा सुधारका प्रयास भएपनि परिणाम खासै देखिएको छैन ।

कमजोर हावाको गुणस्तरले स्वास्थ्यसँगै देशको श्रम उत्पादकत्व, पर्यटन र विमान क्षेत्रलाई समेत नोक्सान पु¥याइरहेको छ । यसले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)  को करिब ६ प्रतिशत बराबरको आर्थिक क्षति हुने गरेको विश्व बैंकले जनाएको छ ।

वायु प्रदूषण नियन्त्रणका लागि सवारिसाधन उत्सर्जन नियन्त्रण, औद्योगिक प्रदूषण नियन्त्रण, घरायसी चुल्हो सुधार, जंगल आगलागी नियन्त्रण र सीमापार प्रदूषण नियन्त्रण गर्नुपर्ने विश्व बैंकले प्रस्तुत गरेको कार्ययोजनामा जनाएको छ । नेपालको जटिल भूगोल, विशेष गरी चारैतिर डाँडाले घेरेको काठमाडौं उपत्यकाले वायु प्रदूषणलाई नियन्त्रण गर्न झनै चुनौतीपूर्ण बनाएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ४२ बजे

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको