नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो « Khabarhub

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको मृत्युको कारण परिवारले गोप्य राखेको थियो ।

मुकुलका दाइ राहुल देव बलिउडका चर्चित खलनायक हुन् । मिडियाले उनलाई भाइको कारणबारे सोध्दा पनि चुप बसे ।

परिवार चुप बसेपछि उनको मृत्युबारे विभिन्न अड्कलबाजी सार्वजनिक हुन थाले । उनको मृत्युको कारण डिप्रेसन हुनसक्ने धेरैको अनुमान थियो ।

घटना भएको एक महिना नबित्दै राहुतले टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा भाइको मृत्युको कारणबारे बोलेका छन् ।

राहुलका अनुसार मुकुल सन् २०१९ देखि दिल्लीमा आफ्ना बिरामी आमाबुबाको हेरचाह गर्दै बसिरहेका थिए। सोहीबेलादेखि उनी सामाजिक जीवनबाट दूरी बढाउन लागे र समयमै खाना नखाने बानी बढेको थियो ।

यही दुई उनको मृत्युको प्रमुख कारण रहेको उनको दाबी छ । मानसिक थकानले मुकुलले आफ्नो स्वास्थ्यको ख्याल राख्न छोडेपछि यो अवस्था सिर्जानले भएको राहुलको बुझाइ छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : २८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका ५६ जिल्लामा अधिवेशन सम्पन्न, आजदेखि प्रदेश अधिवेशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको