घरमै पाइने बहुगुणी बेसारको फाइदाबारे यस्तो भन्छिन् डा. अरुणा « Khabarhub

घरमै पाइने बहुगुणी बेसारको फाइदाबारे यस्तो भन्छिन् डा. अरुणा


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेसार तपाईंको भान्सामा हरेक दिन प्रयोग हुन्छ । तरकारीलाई पहेलो र आकर्षक बनाउँन तपाई बेसारको प्रयोग गर्नुहुन्छ होला । बेसारविना तपाईंको तरकारी देख्दै नमिठो छ भन्ने लाग्छ होला ।

तपाईलाई थाहा छ बेसार तरकारीलाई आकर्षक बनाउन मात्रै होइन मानव स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।

जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेती बेसार स्वास्थ्य र शरीरका लागि निकै फाइदाजनक भएको बताउँछिन् । उनी आफ्नो दैनीक जीवनमा बेसारको प्रयोग बारे यस्तो भन्छिन् :

विदेशीहरु बेसारको औषधी बनाएर बेच्ने गर्छन् । हामी भएको पनि प्रयोग नगर्ने ? मेरी हजुरआमाले मेरो खुट्टा मर्किंदा बेसार दूधमा मिसाएर खुवाउनुहुन्थ्यो ।

रुघाखोकी लाग्दा पानीमा बेसार पकाएर खुवाउनुहुन्थ्यो । घाउ पाक्दा घिउमा मिसाएर बेसार लगाइदिनुहुन्थ्यो । बेसार छालामा राम्ररी शोषण हुन चिल्लो चाहिन्छ भन्ने ज्ञान लेख्न–पढ्न नजानेकी मेरी हजुरआमालाई कहाँबाट थाहा भयो ? सायद उहाँले आफ्ना आमा, हजुरआमाबाट सिक्नुभयो होला । मलाई सिकाउनुभयो ।

केही समय अघि अष्ट्रेलियाबाट उपहार ल्याइदिएको भनेर विमलाले मलाई ‘टर्मरिक ल्याट्टे’को प्याकेट दिइन् । ६० ग्रामको त्यो प्याकेटमा बेसार, दालचिनी, कालीमरिच, सुकमेल मिसाइएको रहेछ । ६० ग्रामलाई झन्डै १५ सय रुपैयाँ पर्दोरहेछ । त्यो हिसाबले एक किलोको झन्डै २० हजार रुपैयाँ पर्ने ।

यहाँका पसलमा एक किलो बेसारलाई ४ सय रुपैयाँ पर्दोरहेछ । एक किलो कालीमरिच ७ सयदेखि ७ सय ५० रुपैयाँमा पाइने रहेछ । कालीमरिच र बेसार एक–एक किलो मिलाउँदा ११ सय रुपैयाँ हाराहारी पर्नेरहेछ । अष्ट्ेरलिया वा अमेरिकामा बेसार र कालीमरिचको धुलो किन महँगो भनेर केही व्यक्तिसँग छलफल गरेकी थिएँ । बेसारमा ‘करकुमिन’ भन्ने तत्त्व हुँदोरहेछ । त्यही कारण बेसारमा संक्रमण र रोगसँग लड्ने शक्ति हुँदोरहेछ । सय ग्राम बेसारमा ५–८ प्रतिशत तेल, ७ दशमलब ३ प्रतिशत प्रोटिन र सूक्ष्म मात्रामा भिटामिन ए हुन्छ ।

शरीरमा विभिन्न संक्रमण भइरहयो भने मुटुको रोग लाग्छ र उमेरसँगै हुने समस्या बढ्दै जान्छ । करकुमिनले मानवकोषिकाभित्र पुगेर संक्रमणसंँग लड्छ । आयुर्वेदमा बेसारलाई महाऔषधीको नाम दिइएको छ । आयुर्वेदिक औषधी विज्ञानमा यसलाई गौरी, कुमकुम भनेर चिनिन्छ ।

बेसारमा ‘एन्टिबायोटिक’ गुण पनि हुन्छ भने थाहा पाएपछि सौन्दर्य प्रसाधन बनाउने कम्पनीले बेसार प्रयोग गर्न थालेका छन् । साबुन बनाउँदा बेसार प्रयोग हुनथालेको छ । ‘बेसार हालेर बनाएको क्रिम र साबुन’को विज्ञापन खुब देखिन्छ ।

धार्मिक क्रियाकलापमा पनि बेसार प्रयोग हुन्छ । मधेसतिर विवाहमा ‘हल्दीकी रसम’ महत्त्वपूर्ण धार्मिक संस्कार मानिन्छ । यसमा वर, वधुको अनुहारमा मान्यजनबाट बेसार लगाइन्छ ।

बेसारबारे वैज्ञानिक अनुसन्धान भइरहेकै छ । बेसारमा मानव मस्तिष्कलाई सक्रिय र मुटुका मांसपेशीको क्रियाकलापलाई सुचारु रूपले चलाएर मांसपेशी सुदृढ पार्न सक्ने तत्त्व हुन्छ । क्यान्सरलाई रोक्ने वा क्यान्सर भइसेकपछि प्रयोग गरिने औषधीको कुप्रभाव कम गर्ने सम्बन्धमा करकुमिनमाथि अध्ययन सुरु भएको छ ।

बेसारलाई मरिचसँंग मिलाएर प्रयोग गरियो भने करकुमिन कोषफकामा बढी शोषण हुने वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । बेसारमा रहेको तत्त्वबारे थाहा पाएरै क्याप्सुल, पाउडर बनाएर पश्चिमा देशमा प्रयोग सुरु गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : १३ बजे

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी