काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा साब’को सोमबार टिजर सार्वजनिक भएको छ ।
निर्माण पक्षले दुई मिनेट २९ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । औषतभन्दा लामो टिजर बनेका कारण पनि यसले दर्शकको ध्यान तानेको हो ।
टिजर लामो भएकाले यस फिल्मको ट्रेलर ५ मिनेटभन्दा लामो धेरैको अनुमान छ ।
जे जस्तो भए पनि टिजरले दर्शकको ध्यान तानेको छ । युट्युबमा सार्वजनिक भएको दुई दिनमा यसले १२ करोडभन्दा बढी भ्युज पाएको छ । करिब १२ हजार प्रतिक्रिया पाएको छ ।
फिल्ममा प्रभास ‘लभर ब्वाइ’को भूमिकामा रहेको र बलिउड नायक सञ्जय दत्त खलनायक रहेको टिजरले खुलाएको छ ।
प्रभासलाई ‘लभर ब्वाइ’को भूमिकामा देख्न पाइने भएकाले फ्यानहरु उत्साहित बनेको पाइएको छ । टिजरमा प्रभासलाई देखेपछि एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘भिज्टेज डार्लिङ इज ब्याक ।’
त्यस्तै केहीले फिल्ममा सस्पेन्स खुराकहरु टन्नै रहेको महसुस भएको उल्लेख गरेका छन् ।
प्रभासलाई ‘लभर ब्वाइ’को भूमिकामा देखेपछि केहीले ‘पुरानो प्रभास फर्किए’ भन्ने प्रतिक्रिया दिएका छन् ।
मिस्टर आकाश नाम सामाजिक सञ्जाल प्रयोगकर्ताले यस फिल्मले बस्क अफिसमा रेकर्ड कायम गर्ने अनुमान गरेका छन् ।
यस टिजरले बढी सकारात्मक प्रतिक्रिया पाएको छ । तर, नकारात्क प्रतिक्रिया पाउँदै नपाएको भने होइन ।
केही दर्शक फिल्मको भीएफएक्ससँग असन्तुष्ट देखिएका छन् । प्रभासको फिल्ममा अपेक्षाअनुसार भीएफएक्सको काममा सुधार नभएको उनीहरुको प्रतिक्रिया छ ।
केहीले प्रभासलाई लभर ब्वाइको भूमिका नसुहाउने पनि टिप्पणी गरेका छन् ।
प्रतिक्रिया