शिथिल जासुसी संयन्त्र, कांग्रेसमा गुट बलियो बनाउने होड « Khabarhub

शिथिल जासुसी संयन्त्र, कांग्रेसमा गुट बलियो बनाउने होड


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारलाई आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना उपलब्ध गराउने जासुसी संयन्त्र कमजोर देखिएको नागरिक दैनिकमा खबर छ । आन्तरि सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट परिचालित हुने जासुसी संयन्त्र कमजोर देखिएका हुन् । आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना गृहमन्त्रालय र मातहतका सुरक्षा निकायलाई प्रवाह गर्नुपर्ने अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालयमा एक सहसचिवलाई रिपोर्टिङ गरेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् ।

कांग्रेसमा गुट बलियो बनाउने होड शीर्षकको अर्को समाचारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४ औ अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन् । सभापति देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन् ।

हावाबाट बिजुली उज्यालिँदै गाउँबस्ती शीर्षकको समाचारमा पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालमा हावा र सौर्य शक्तिबाट विद्युत उत्पादन गरिएको छ । जसका कारण स्थानीय गाउँ झिलिमिलि भएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ६ : २४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।