अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प « Khabarhub

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प

युद्धमा अमेरिकी उपस्थितिको विषयमा अन्तिम निर्णय बाँकी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति ट्रम्पले सबै कुरा अनिश्चित रहेको बताएका छन्। अमेरिकी सञ्चार माध्यम सिबिसीले उल्लेख गरे अनुसार ट्रम्पले सो निर्णयको अनुमोदन गराइ सकेका छन्। तथापि उनले अन्तिम घोषणा भने गरेका छैनन्।

ट्रम्पले यो निर्णय पास गराइसकेको विषय सुरुमा वाल स्ट्रिट जनरलले प्रकाशित गरेको थियो। ‘म गर्न पनि सक्छु नगर्न पनि सक्छु। यो कसैलाई थाहा छैन, मैले आक्रमण सुरु गरेँ भने इरान बाध्य भएर वार्तामा आउने छ,’ उनले बुधबार भनेका छन्।

विश्वको ध्यान त्यहाँ केन्द्रित हुँदासमेत इरान र इजराय युद्ध जारी छ। दुई देशले बुधबार राति पनि एक अर्कामाथि आक्रमण गरेका छन्।

इरानसहित रुस, पाकिस्तान, अल्जेरिया र चीनले जारी युद्धका विषयमा कुरा गर्ने प्रस्ताव राखेका कारण अमेरिकाले शुक्रबार सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएका छन्। केही समय अघि मात्र ट्रम्पले सुरक्षा निकायका अधिकारीसँग बैठक बोलाएका थिए। सो विषय अत्यन्त संवेदनशील रहेको बताइएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : २७ बजे

अब उच्च पदस्थ कर्मचारीको सम्पत्ति वार्षिक रूपमा सार्वजनिक गरिने

काठमाडौं– अब उच्च पदस्थ कर्मचारीको सम्पत्ति वार्षिक रूपमा सार्वजनिक गरिने

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौं- सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी

किसान परिचयपत्र वितरण गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई कृषिमा आकर्षण गरिने

काठमाडौं- सरकारले किसान परिचयपत्र दिने भएको छ । सरकारले सहुलियतमा

आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने सरकारको घोषणा

काठमाडौं- नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने

एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता