अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प « Khabarhub

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प

युद्धमा अमेरिकी उपस्थितिको विषयमा अन्तिम निर्णय बाँकी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति ट्रम्पले सबै कुरा अनिश्चित रहेको बताएका छन्। अमेरिकी सञ्चार माध्यम सिबिसीले उल्लेख गरे अनुसार ट्रम्पले सो निर्णयको अनुमोदन गराइ सकेका छन्। तथापि उनले अन्तिम घोषणा भने गरेका छैनन्।

ट्रम्पले यो निर्णय पास गराइसकेको विषय सुरुमा वाल स्ट्रिट जनरलले प्रकाशित गरेको थियो। ‘म गर्न पनि सक्छु नगर्न पनि सक्छु। यो कसैलाई थाहा छैन, मैले आक्रमण सुरु गरेँ भने इरान बाध्य भएर वार्तामा आउने छ,’ उनले बुधबार भनेका छन्।

विश्वको ध्यान त्यहाँ केन्द्रित हुँदासमेत इरान र इजराय युद्ध जारी छ। दुई देशले बुधबार राति पनि एक अर्कामाथि आक्रमण गरेका छन्।

इरानसहित रुस, पाकिस्तान, अल्जेरिया र चीनले जारी युद्धका विषयमा कुरा गर्ने प्रस्ताव राखेका कारण अमेरिकाले शुक्रबार सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएका छन्। केही समय अघि मात्र ट्रम्पले सुरक्षा निकायका अधिकारीसँग बैठक बोलाएका थिए। सो विषय अत्यन्त संवेदनशील रहेको बताइएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : २७ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र