इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो « Khabarhub

इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा ठूलो क्षति भएको छ।

इरानले गयराति गरेको मिसाइल आक्रमणबाट इजरालले अलग अलग सहरमा ठूलो क्षति व्यहोरेको हो ।

इर्ना समाचार एजेन्सीले टेलिग्राममार्फत जानकारी दिएअनुसार बुधबार बिहान गरिएको क्षेप्यास्त्र आक्रमणबाट इजरालयी सेनाको कमान्डलाई निशाना बनाइएको थियो ।

त्यसक्रममा इजरायली सेनाको कमाण्ड, गुप्तचर मुख्यालय (आईडीएफ सीफोरआई) र गाभ-याम प्रविधि पार्कस्थित सैनिक गुप्तचर शिविरमा ठूलो क्षति पुगेको छ।

त्यसैगरि इरानले बेर शेभा शहरस्थित सोरोका अस्पताललाई पनि निशाना बनाइएको छ । उक्त अस्पतालको बेसमेन्टलाई इजरायली सेनाले ब्यारेकका रुपमा उपयोग गरेको आरोपमा इरानले मिसाइल हानेको हो ।

इर्नाका अनुसार, अस्पतालमा क्षेप्यास्त्र आक्रमणबाट उत्पन्न कम्पनका कारण सामान्य क्षति पुगेको छ । ‘इजरायली सैनिक पूर्वाधारहरूमा सटीक निशाना साँधिएको थियो थिए,’ समाचार एजेन्सीलेले भनेका छन् ।

इरानी क्षेप्यास्त्र आक्रमणपछि इजरायलका चार स्थानमा गम्भीर क्षति पुगेको समाचार अलजजिराले प्रकाशित गरेको छ । तीनवटा इजरायलको केन्द्रीय भाग गुश दान क्षेत्रमा खसेका छन् । जुन तेल अभिभअन्तर्गत पर्दछन् ।

मिसाइलले होलोनमा केही भवनहरूमा गम्भीर क्षति भएको छ । मिसाइलले लागेर एउटा भवन त ढलेको छ। अर्को आक्रमणस्थल सोरोका अस्पतालको नजिकै थियो।

यो अस्पताल इजरायलको सबैभन्दा ठूला अस्पतालहरूमध्ये एक हो । अहिले गाजामा जारी युद्धमामा धेरै घाइते सैनिकहरू यही अस्पतालमा छन् ।

इरानले अस्पताललाई लक्षित नगरी त्यसको छेउको भवनमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। उक्त भवनमा गम्भीर क्षति पुगेको छ । स्वास्थ्यकर्मीहरूले सर्वसाधारणलाई त्यस क्षेत्रमा नजान भनेका छन् ।

अहिले पनि उद्धार टोली भवन र भग्नावशेषभित्र फसेकाहरूलाई निकाल्न खोजी कार्य गरिरहेका छन् । हालसम्म २५ जना घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ।

द टाइम्स अफ इजरायलले प्रकाशित गरेका तस्बिरहरूले अस्पतालमा ठूलो क्षति पुगेको देखाएको छ। पत्रकार इमानुएल फाबियनका अनुसार आक्रमणका कारण अस्पतालको छाना क्षतविक्षत भएको छ ।

होलोनमा क्षेप्यास्त्र आक्रमणपछि दुई दर्जनभन्दा बढी घाइते भएका छन् । इरानी क्षेप्यास्त्र तेल अभिभ जिल्लाको होलोन क्षेत्रमा खसेको थियो ।

इजरायली आपतकालीन सेवा मगेन डाभिद अडोमका अनुसार उक्त आक्रमणमा एकजना गम्भीर घाइते भएका छन् । २ दर्जनभन्दा बढी सामान्य घाइते भएका छन्।

इरानको भिषण हमलापछि इजरायली मन्त्री आक्रोशित भएका छन् । इरानले सोरोका अस्पतालमा क्षेप्यास्त्र हानेर ‘रेड लाइन’ पार गरेको इजरायली स्वास्थ्य मन्त्रीले बताएका छन् ।

इजरायली स्वास्थ्य मन्त्री उरिएल बुशो ले इरानले बे’र शेभाको सोरोका अस्पतालमा क्षेप्यास्त्र प्रहार गरी ‘रेड लाइन’ पार गरेको बताएका छन्।

‘यो इरानी शासकद्वारा गरिएको युद्ध अपराध हो,’ उनले इजरायली आर्मी रेडियोमार्फत् भनेका छन् । इजरायली सञ्चारमाध्यमहरूले पछिल्लो इरानी आक्रमणपछि सोरोका अस्पतालमा ठूलो क्षति भएको बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १२ : २८ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग