राप्रपाले आज पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार « Khabarhub

राप्रपाले आज पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका हुन्  । दुई दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न समय दिएका छन् ।

सांसद ढकालले गृहमन्त्रीले सदनमा बोल्दा भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाए । उनले अध्यागमनमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न नसकेको, विमानस्थलमा अनावश्यक कर्मचारी थप गरिएको र आफ्ना कर्मचारीको सरुवाका विषयमा गृहमन्त्रीको कुनै जवाफ नआएको जिकिर गरे । आफ्ना मागलाई सरकारले नसुनेकाले आफूहरूको आन्दोलन जारी रहेको उनले बताए ।  

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउन आह्वान गरे । भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरुको विरोध कायमै रहने उनको भनाइ छ ।  

शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका छन् भने राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १ : ३६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली