गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएनन् : रास्वपा « Khabarhub

गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएनन् : रास्वपा


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले भुइँमान्छेका आवाजमाथि कटाक्ष गरे पनि आफूमाथि उठेका प्रश्नको जवाफ दिन नसकेको बताएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपाका सांसद हरि ढकालले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन नसकेको बताएका हुन् ।   

‘गृहमन्त्रीज्यूले सदनमा आएर भुइँमान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो । तर, विमानस्थलबाट मानव बेचबिखन व्युरो किन हटाइयो ? यो प्रश्नको उत्तर दिन सक्नुभएको छैन । अख्तियारले ताकेता गर्दागर्दै पनि किन विमानस्थल भित्रै भएको यो ¥याकेटको अनुसन्धान सुरु गर्नुभएन ?,’ उनले भने, ‘यसको उत्तर दिनुभएन । अनावश्यक कर्मचारीहरू किन थपियो एयरपोर्टमा ? यसका उत्तर आएनन् । अनि आफ्ना सचिवालयका कर्मचारीको सुरुवा किन गरियो ? यसको उत्तरहरू दिन सक्नुभएन । अनि डीआईजी सरुवाको विषयको उत्तर दिन सक्नुभएन ।’

सांसद ढकालले स्याङ्जामा रास्वपाका नेतामाथि स्याङ्जामा नेपाली कांग्रेसबाट विजयी वडाध्यक्षले कुटपिट गरेको भन्दै आपत्ति जनाए । 

‘नदी बचाउ अभियानका अभियन्ता हाम्रा केन्द्रीय नेता मेघ आले र दिनाकर नेपालमाथि वालिङ नगरपालिका–१० (स्याङ्जा)का वडाध्यक्षले साङ्घातिक आक्रमण गरेका छन् । 

आँधिखोलामा भएको दोहनविरुद्ध बोल्दा तल भुईँमा हाम्रा नेतामाथि आक्रमण हुन्छ,’ उनले भने, ‘२३ दिनदेखि भुइँमान्छेको आवाज बोलेर, भुईँमान्छेमाथि भएको अत्याचार र मानव तस्करविरुद्ध हामीले आन्दोलन गर्दैगर्दा सरकार सुन्दैन । यो कुन किसिमको सुशासन चल्दैछ यहाँ ? यो कुन किसिमको सुशासनको भाषण चल्दैछ ?’ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १ : ४६ बजे

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण