आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी  « Khabarhub

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी 


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँले गरेको निर्णयबाट पछि हटेका छन् । केही समयअघि साहले चारजनाको वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई जिम्मेवारी दिएका थिए। 

मेयर साहले हचुवाका भरमा निर्णय गर्दै मेयर साहले आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए । उनीहरूलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना तथा प्रविधि समितिबाट हटाएर अरुलाई जिम्मेवारी दिएका थिए ।

उनीहरूले कार्यपालिकाको बैठकबिना आफूखशी निर्णय नगर्न मेयर साहलाई चेतावनीसमेत दिएका थिए । नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले कार्यपालिकाले जिम्मेवारी अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए । 

विधायन समितिको जिम्मेवारी वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो । पछिल्लो समय कार्यपालिका बैठक राख्न  नसकिरहेका बेला मेयर साहलाई जनप्रतिनिधि र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिँदै आएका छन् ।

उपप्रमुख सुनिता डंगोलको अगुवाइमा कार्यपालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर साह आफ्नो गरेका निर्णयबाट पछि हटेका हुन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ३ : २५ बजे

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना