सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने « Khabarhub

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित गरेका समाचार ‘डिलिट’ (मेटाउनु) गर्नुपर्ने भन्दै यसअघि दिएको आदेश खारेज गरेको छ ।

न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले बिहीबार ती दुवै अनलाइनमा प्रकाशित समाचार मेटाउनुपर्ने यसअघिको आदेश खारेज गरेको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञाको निवेदन खारेज भएसँगै सञ्चारमाध्यमहरूले समाचार मेटाउनु नपर्ने भएको छ ।

यसअघि जिल्ला अदालतका अर्का न्यायाधीश पिताम्बर शर्माको इजलासले दुवै सञ्चारमाध्यमहरूलाई समाचार मेटाउन आदेश दिएको थियो ।

सन्तोषनारायणले आफ्नो व्यक्तिगत जीवन र चरित्रमा ती दुवै अनलाइको समाचारका कारण गम्भीर क्षति पुगेको भन्दै जिल्ला अदालतमा निवेदन हालेका थिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ५ : ५७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली