दुई मन्त्रालयको बजेटमाथि शुक्रबार छलफल नहुने, कार्यसूचीबाट हटाइयो « Khabarhub

दुई मन्त्रालयको बजेटमाथि शुक्रबार छलफल नहुने, कार्यसूचीबाट हटाइयो


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमपछि अन्य दुई मन्त्रालयको विनियोजित बजेटमाथिको छलफल कार्यक्रम पनि प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ । 

सभामुख देवराज घिमिरेले शुक्रबारको संसद् बैठकमा मन्त्रीहरू उपस्थित नभएपछि युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसम्बन्धी विनियोजन कार्यक्रम कार्यसूचीबाट हटाएका हुन् । 

‘माननीय सदस्यहरू युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसम्बन्धी विनियोजन कार्यक्रम सूचीबाट हटाइएको व्यहोरो जानकारी गराउँछु,’ उनले भने । 

त्यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाउँदै दुवै मन्त्रालयका मन्त्रीहरूलाई उपस्थित गराएर मात्रै छलफल अघि बढाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : २७ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या