कालो कपडा र निलो स्कार्फमा रास्वपाका सांसदहरू  « Khabarhub

कालो कपडा र निलो स्कार्फमा रास्वपाका सांसदहरू 


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा कालो कपडा र नीलो स्कार्फ पहिरिएर उपस्थित भएका छन् । गत मंगलबारको बैठकमा सत्तारुढ नेपाली कांग्रेसले आपत्ति जनाए पनि उनीहरू शुक्रबार फेरि नीलो स्कार्फ लगाएर उपस्थित भएका हुन् । 

प्रतिपक्षी रास्वपाका सांसदहरू नीलो स्कार्फ पहिरिएर सदनमा उपस्थित भएपछि कांग्रेसले नियमापत्ति जनाएको थियो । 

नियमापत्ति जनाउने क्रममा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नीलो स्कार्फ पहिरिएर संसद्‌मा उपस्थित भएका रास्वपाका सांसदहरूलाई बैठकबाट निष्कासन गर्न माग गरेका थिए । 

उनले प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ६ को ३० मा अभद्र व्यवहार नियन्त्रणको व्यवस्था रहेको स्मरण गराएका थिए ।
त्यसपछि उनीहरू बिहीबारको बैठकमा नीलो स्कार्फ बिना नै उपस्थित भएका थिए ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : २५ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड