रास्वपालाई एमालेको जवाफ- दलैपिच्छे सम्झौता गर्दैनौँ, माओवादीसँगको सहमतिअनुसार सदन चल्छ « Khabarhub

रास्वपालाई एमालेको जवाफ- दलैपिच्छे सम्झौता गर्दैनौँ, माओवादीसँगको सहमतिअनुसार सदन चल्छ


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताएका हुन् । उनले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।

संसदीय प्रणालीमा मुख्य विपक्षी दल नै मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको उनले बताए ।

त्यस्तै बर्तौलाले रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले नै प्रतिबद्धता जनाइसकेको अवस्थामा नीलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरूले स्टन्ड गर्न खोजेको जिकिर गरे ।
 
संसदीय पद्धतिलाई ग्रहण गर्न रास्वपा असफल देखिएको उनको भनाइ छ । उनले रास्वपाका सांसदहरुको शैलीले स्वयं रास्वपालाई निल्ने तर्क गरे ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : १७ बजे

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा