बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति « Khabarhub

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै दुईवटा विमानमा क्षति पुर्‍याएको दाबी गरेका छन् ।

प्यालेस्टाइन एक्शन नामक समूहले ओक्सफोर्डशायरस्थित ब्राइज नोर्टन रोयल एयर फोर्स बेसमा आफ्ना दुई कार्यकर्ता घुसेर दुइवटा भोयागर विमानमा क्षति पुर्‍याएको जनाएको छ। ती विमानहरू इन्धन भर्न र सैनिक ढुवानीका लागि प्रयोग गरिन्छन्।

समूहले जारी गरेको वक्तव्यअनुसार उसका कार्यकर्ताहरू विद्युतीय स्कूटरमा विमानसम्म पुगेका थिए ।

त्यसपछि आगो निभाउने यन्त्र प्रयोग गरी रातो रङ (रगतको प्रतीक) विमान र रनवेमा छरिएको थियो । क्रोबार प्रयोग गरेर विमानमा थप क्षति पुर्‍याइएको उक्त समूहले जनाएको छ।

एक कार्यकर्ताले भने, ‘इजरायली सरकारको आलोचना गर्दै आएको बेलायतले अझै पनि सैन्य सामग्री पठाउने, गाजामा निगरानी विमान उडाउन र अमेरिकी/इजरायली लडाकु विमानलाई इन्धन भर्ने काम गरिरहेको छ।’

विमानमा क्षति गरेपछि दुवै कार्यकर्ता सुरक्षा निगरानीबाट उम्किन सफल भएको समूहले दाबी गरेको छ।

बेलायती रक्षा मन्त्रालय र प्रहरीले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। समूहले घटनाको भिडियोसमेत सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : ५३ बजे

कांग्रेसको अगुवाइमा नागरिक अधिकार पाएका हौँ : सङ्ग्रौला

पाटन– राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक

उज्बेक राष्ट्रपति आएका बेला इस्लामावादमा बम आक्रमण, ३१ जनाको मृत्यु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादको मस्जिदमा भएको आत्मघाती बम हमलामा परी

केपीको तालमेल प्रस्तावले माधव-भीम बिच्किँदा पछि हटे प्रचण्ड

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच चुनावी तालमेल

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

समाचारबारे अनुगमन भइरहेको छ, आचारसंहिता कडाइसाथ लागू गर्छौँ : आयुक्त भण्डारी

भक्तपुर– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी