विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै « Khabarhub

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । गैर आवासीय पाकिस्तानीबारे गत जुन ३ का दिन आयोजित सिनेट बैठकमा दिइएको जनाकारीअनुसार पछिल्लो दुई वर्षमा १ लाख ३५ हजारभन्दा धेरै पाकिस्तानी नागरिकले युरोप र अमेरिकामा राजनीतिक शरणका लागि आवेदन दिएका छन् ।

यीमध्ये १ लाख २५ हजारले युरोपेली मुलुकमा राजनीतिक शरणका लागि आवेदन दिएका र बाँकी १० हजारले अमेरिकामा यस्तो आवेदन दिएको जनाइएको छ ।

त्यसबाहेक विदेशबाट पाकिस्तानीलाई देश निकाला गर्ने क्रम पनि बढ्दै गएको देखिएको छ । पाकिस्तानको राहदानी महानिर्देशनालयले दिएको जानकारीअनुसार पछिल्लो दुई वर्षमा विदेशबाट ५२ हजार पकिस्तानी नागरिक देश निकालामा परेका छन् । यीमध्ये अधिकांश इरानबाट देश निकालामा परेका छन् ।

युरोपियन टाइम्सले जनाएअनुसार अवैध रुपमा प्रवेश गर्न चाहने ३४ हजार पाकिस्तानीलाई इरानले निष्कासन गरेको छ । साउदी अरबले पनि ५ हजार पाकिस्तानीलाई देश निकाला गरेको छ । यीमध्ये अधिकांश भिख माग्नेहरु छन् ।

समाचारमा जनाइएअनुसार अर्को मुलुकबाट निष्कासित भएका नागरिकको राहदानी रद्द गर्ने प्रक्रिया थालिएको छ । कतिपय अवस्थामा भने उनीहरुविरुद्ध आपराधिक मुद्दा समेत दायर गरिएको छ ।

पाकिस्तानमा बढ्दो सामाजिक एवम् आर्थिक अस्थीरताका कारण पाकिस्तानी नागरिकहरु विदेश जान र विदेशमा राजनीतिक शरण लिन बाध्य भएको जानकारहरु बताउँछन् । कतिपय पाकिस्तानी नागरिकहरु घुमघाम वा तीर्थयात्राका लागि विदेश जाने र भिसा अवधि सकिएपनि उतै बस्ने गरेको जनाइएको छ ।

विदेशबाट निष्कासित भएपछि स्वदेश फर्किँदा उनीहरुले रोजगारी, स्वास्थ्य, शिक्षा, सुरक्षाजस्ता आधारभूत आवश्यकताको अभाव महसुस गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : ४९ बजे

रङ्गशाला बनेसँगै भोजपुरमा खेल ततिविधि बढ्यो

भोजपुर– रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद

नगरपालिकाको अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन

अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक

बाँके– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा

मेयर कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी– मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली