इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा « Khabarhub

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा शुक्रबार हजारौँले प्रदर्शन गरेका छन् । छिमेकी इराक र इरानका विभिन्न शहरहरूमा हजारौं प्रदर्शनकारीहरू सडकमै ओर्लिएर प्रदर्शन गरेका हुन् ।

अमेरिका र इजरायलविरुद्ध नाराबाजी

इराकको राजधानी बग्दादको सदर सहरमा हजारौं प्रदर्शनकारीहरूले शुक्रबारको नमाजपछि अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्दै र्‍याली निकालेका छन्।

अनलाइनहरूमा सार्वजनिक गरिएको भिडियो फुटेजअनुसार सहभागीले इरानप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी हस्तक्षेपको कडा आलोचना गरे।

सदर सिटी (पूर्वनाम रिभोलुसन सिटी) करिब १० लाख जनसंख्या रहेको क्षेत्र हो, जहाँ अधिकांश शिया मुस्लिमहरू बसोबास गर्छन्।

यो इलाका इरान-समर्थक प्रभावशाली शिया नेता र मिलिशिया प्रमुख मुक्तदा अल-सदरको नामबाट चिनिन्छ, जो अमेरिकी नीतिका घोर विरोधी र इरानी धार्मिक नेताहरूका निकट सहयोगी मानिन्छन्।

तेहरानमा उच्च अधिकारीसहित प्रदर्शन

यसैबीच तेहरानमा शुक्रबारको साप्ताहिक नमाजपछि हजारौं प्रदर्शनकारीहरूले इजरायली आक्रमणको विरोधमा विशाल मार्च निकालेका छन्।

इरानी न्यायाधीश प्रमुख गोलाम-हुसैन मोहसेनी-एजेई, पूर्वआईआरजीसी कमाण्डर मेजर जनरल मोहम्मद अली जाफरी, मन्त्रीहरू र संसदका उपसभामुखसमेत प्रदर्शनमा सहभागी भए ।

इरानी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार तेहरानबाहेक माशहाद, इस्फाहान, तबरिज, कुम, शिराज, काज्भिन, यज्द र गिलान लगायतका शहरहरूमा पनि सेना र सरकारको समर्थनमा प्रदर्शन भए ।

इरानमाथि इजरायलद्वारा गरिएको हवाई आक्रमणपछि मध्यपूर्वमा क्षेत्रीय तनाव चुलिएको छ। इरानले आक्रामक कारबाहीको कडा जवाफ दिने चेतावनी दिँदै आएको छ । अमेरिका र पश्चिमी मुलुकहरूले आफ्नो सुरक्षा नीति कडा बनाएका छन्। शुक्रबारको प्रदर्शनले जनस्तरमा इरानप्रतिको समर्थन व्यापक रहेको संकेत दिएको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ०९ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।