इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा | Khabarhub Khabarhub

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा शुक्रबार हजारौँले प्रदर्शन गरेका छन् । छिमेकी इराक र इरानका विभिन्न शहरहरूमा हजारौं प्रदर्शनकारीहरू सडकमै ओर्लिएर प्रदर्शन गरेका हुन् ।

अमेरिका र इजरायलविरुद्ध नाराबाजी

इराकको राजधानी बग्दादको सदर सहरमा हजारौं प्रदर्शनकारीहरूले शुक्रबारको नमाजपछि अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्दै र्‍याली निकालेका छन्।

अनलाइनहरूमा सार्वजनिक गरिएको भिडियो फुटेजअनुसार सहभागीले इरानप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी हस्तक्षेपको कडा आलोचना गरे।

सदर सिटी (पूर्वनाम रिभोलुसन सिटी) करिब १० लाख जनसंख्या रहेको क्षेत्र हो, जहाँ अधिकांश शिया मुस्लिमहरू बसोबास गर्छन्।

यो इलाका इरान-समर्थक प्रभावशाली शिया नेता र मिलिशिया प्रमुख मुक्तदा अल-सदरको नामबाट चिनिन्छ, जो अमेरिकी नीतिका घोर विरोधी र इरानी धार्मिक नेताहरूका निकट सहयोगी मानिन्छन्।

तेहरानमा उच्च अधिकारीसहित प्रदर्शन

यसैबीच तेहरानमा शुक्रबारको साप्ताहिक नमाजपछि हजारौं प्रदर्शनकारीहरूले इजरायली आक्रमणको विरोधमा विशाल मार्च निकालेका छन्।

इरानी न्यायाधीश प्रमुख गोलाम-हुसैन मोहसेनी-एजेई, पूर्वआईआरजीसी कमाण्डर मेजर जनरल मोहम्मद अली जाफरी, मन्त्रीहरू र संसदका उपसभामुखसमेत प्रदर्शनमा सहभागी भए ।

इरानी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार तेहरानबाहेक माशहाद, इस्फाहान, तबरिज, कुम, शिराज, काज्भिन, यज्द र गिलान लगायतका शहरहरूमा पनि सेना र सरकारको समर्थनमा प्रदर्शन भए ।

इरानमाथि इजरायलद्वारा गरिएको हवाई आक्रमणपछि मध्यपूर्वमा क्षेत्रीय तनाव चुलिएको छ। इरानले आक्रामक कारबाहीको कडा जवाफ दिने चेतावनी दिँदै आएको छ । अमेरिका र पश्चिमी मुलुकहरूले आफ्नो सुरक्षा नीति कडा बनाएका छन्। शुक्रबारको प्रदर्शनले जनस्तरमा इरानप्रतिको समर्थन व्यापक रहेको संकेत दिएको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ०९ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता