सिरिजको निर्णायक खेलमा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल « Khabarhub

सिरिजको निर्णायक खेलमा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कटल्याण्डमा जारी टी-ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले बलिङको निम्तो पाएको छ।

घरेलु टोलीले टस जितेर पहिले ब्याटिङमा जाने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

स्कटल्याण्डको ग्लासगोमा घरेलु टोलीका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजे । घरेलु टोलीविरुद्धको खेलका लागि नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध बिहीबार खेलेका करण केसीलाई विश्राम दिएर रिजन ढकाललाई बोलाएको हो । आजको खेल दुवै टोलीलाई निर्णायक हो । दुवै टोली सिरिज आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

नेपाल ३ खेलबाट २ मा जित र १ मा पराजयसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड समान २ खेलबाट २ हार र १ सहित तेस्रो स्थानमा छ । नेपालले यो खेल जित्यो भने ६ अंक हुन्छ । यसबाट नेपालले उपाधि चुम्नेछ ।

उता रन रेटमा अगाडि रहेको स्कटल्याण्डले जितेमा अंक बराबर हुनेछ । तर नेट रन रेटमा अगाडि रहेकाले स्कटल्याण्डले उपाधि जित्नेछ ।

यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा राखेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ३७ बजे

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या