सङ्घीय निजामती विधेयक असारभित्रै आउने | Khabarhub Khabarhub

सङ्घीय निजामती विधेयक असारभित्रै आउने


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयक यही असार महिनाभित्र आउने बताएका छन् ।

आज यहाँको गरुडा नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै मन्त्री गुप्ताले सङ्घीय निजामती विधेयक केही दिनमा प्रतिनिधिसभाबाट पास हुने र राष्ट्रियसभामा जाने मन्त्री बताए । उनले अब स्थानीय सरकार आफैँ सक्षम हुँदै गइरहेकाले अझ अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।

गरुडा नगरपालिकाका प्रमुख कन्थमनीप्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख पुनम चौधरीले आगामी आर्थिक वर्ष २०८२/८३ को संशोधित बजेट, कार्यक्रम तथा योजनाको विवरण प्रस्तुत गरेका थिए । नगरसभाले रु ६९ करोड २६ लाख १७ हजार ३६७ आयव्ययसहितको बजेट प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : ४१ बजे

रुस-युक्रेन युद्ध : आज ट्रम्प र पुटिनले वार्ता गर्दै

अलास्का- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय