संविधान पुनर्लेखन र प्रदेश खारेज हुनुपर्छ : रवि « Khabarhub

संविधान पुनर्लेखन र प्रदेश खारेज हुनुपर्छ : रवि


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन ०७९ बाट उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको संविधान पुनर्लेखन हुनुपर्ने बताएका छन् ।

संविधान संशोधनको चर्चा भइरहेका बेला सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेको लामिछानेले पुनर्लेखनको एजेन्डा उठाएका हुन् ।

‘अब म रहुँला नरहुँला, तर मेरा केही सङ्कल्प छन् । भ्रष्टहरूको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ,’ भैरहवा कारागारबाट जारी अपिलमा उनले लेखेका छन् ।

सभापति लामिछानेले राज्यको शासकीय स्वरूप परिवर्तन र सङ्घीयता खारेजीको कुरा पनि उठाएका छन् ।

‘संसदीय अस्थिरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ, प्रदेश खारेज हुनुपर्छ,’ अपिलमा भनिएको छ, ‘राष्ट्रियसभालाई चुनाव हारेका नेता र आफन्त होइन, विद्वान्‌हरूको सभा बनाउनुपर्छ । नेताहरूले खेलौना र भर्तीकेन्द्र बनाएका सबै संवैधानिक अङ्गहरूको एकसाथ पुनर्संरचना गर्नुपर्छ ।’

सहकारी ठगीको आरोप लागेका लामिछानेले सबै उच्च पदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्ने पनि बताएका छन् । ‘सबै उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्छ । २०४६ साल यताका सबै क्याबिनेटका निर्णयको पनि छानबिन हुनुपर्छ,’ अपिलमा लेखिएको छ ।

उनले दलहरूका भ्रातृ सङ्गठन खारेज हुनुपर्ने बताएका छन् । ‘दलैपिच्छेका भ्रातृ सङ्गठनलाई पूर्ण रुपमा खारेज गर्नुपर्छ । राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ,’ उनले भनेका छन्, ‘त्यसका लागि सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ ।’

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : ४० बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान