व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ : मुख्यमन्त्री सिंह « Khabarhub

व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ : मुख्यमन्त्री सिंह


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गर्न आह्वान गरेका छन् । 

भारतको महावाणिज्य दुतावास वीरगञ्जद्वारा आज आयोजित  अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मुख्यमन्त्री सिंहले योगामार्फत विभिन्न खालका रोगका उपचार पनि हुँदै आइरहेको पनि उल्लेख गरे ।

‘मानव कुनै न कुनै किसिमको तनावबाट गुज्रिने भएकाले पनि योगाको आवश्यकता बच्चादेखि वृद्धसम्म अत्यन्त जरुरी भइसकेको छ’, उनले भने, ‘भागदौड र व्यस्त जीवनशैलीले मानिस आफ्नो स्वास्थ्यलाई ध्यान दिन नसक्दा विभिन्न किसिमका रोगको समस्या देखिएको छ । त्यसैले योगमार्फत रोगलाई जित्न सकिने भएकाले सोतर्फ लाग्न अनुरोध गर्दछु ।’
 
मुख्यमन्त्री सिंहले तनावयुक्त अवस्थाबाट गुज्रिरहेको परिप्रेक्षमा आफ्नो दिनको सुरुआत योगबाट गरेमा धेरै हदसम्म तनाव व्यवस्थापन गर्न सकिने बताए। 

‘बच्चादेखि वृद्धसम्म कामले होस् या पढाइले तनावबाट गुज्रिरहेको अवस्था छ । व्यस्त जीवनशैलीमा बिहानको समयमा योगा गरेर भए पनि आफ्नो स्वास्थ्यलाई केही हदसम्म भए पनि स्वस्थ र फुर्तिलो गराउन पहलकदमी गर्न आवश्यक छ’, उनले भने, ‘योग प्राचीनकालदेखि अभ्यास हुँदै आइरहेकाले त्यसलाई सबैले अनुशरण गर्न जरुरी छ ।’

भारतको महावाणिज्य दूतावासका महावाणिज्य दृत देवी सहाय मिनाले अहिलेको सन्दर्भमा योगको महत्व दिनानुदिन बढ्दै गइरहेको बताए। 

त्यस्तैगरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जले आज यहाँ विविध कार्यक्रम गरेर ११औँ अन्तर्राष्ट्रिय योग दिवस २०८२ मनाएको छ । कार्यालय प्रमुख डा शिवनारायण गुप्ताले योगको महत्व अझै बढ्दै गइरहेको बताए।

‘योगले शारीरिक ,मानसिक रुपमा स्वस्थ हुन महत्वपूर्ण योगदान पुर्‍याउने गर्छ’, उनले भने।
 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : ०३ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक