मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस « Khabarhub

मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– अन्तराष्ट्रिय योग दिवसको अवसरमा मुस्ताङमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

घरपझोङ गाउँपालिका कार्यालयको आयोजनामा सिङ्गो पृथ्वी, समग्र स्वास्थ्यका लागि योग भन्ने नाराका साथ जोमसोमस्थित गाउँपालिका कार्यालय परिसरमा योगाभ्याससहित विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
    
घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, जिल्लास्थित विभिन्न कार्यालयका कर्मचारी, सुरक्षा निकाय, युवा क्लब, आमा समूह र स्थानीय नागरिकको उपस्थितीमा दिवस मनाइएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।

पतञ्जली योगपीठ गण्डकी प्रदेशका अध्यक्ष नरेन्द्रमान लालचनले सहभागीहरूलाई एक घण्टा ध्यान साधनासहितको योग अभ्यास प्रशिक्षण दिएका थिए । योगपीठ गण्डकीका अध्यक्ष लालचनले मानिसको शारीरिक, मानसिक र स्वथ्यकर जीवनयापनका लागि योग अभ्यास अपरिहार्य रहेको बताए। 

‘योग अभ्यास पूर्वीय संस्कार र संस्कृति हो, यो ऋषिमुनीहरुले आर्जेको योग हो’, उनले भने, ‘यो शारीरिक स्फूर्ती र स्वस्थ जीवनयापनका लागि योग आवश्यक छ ।’

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले स्वस्थ जीवनका लागि योग अभ्यास आवश्यक रहेको बताए । 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : ४६ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान