लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने « Khabarhub

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट सुरु गर्ने भएको छ । मधेस प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले शुक्रबार लहान नगरपालिकाको १६औँ नगरसभाको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । 

अर्थमन्त्री यादवले लहानको उत्तरी भेगमा रहेको धार्मिक र पर्यटकीय महत्वको काब्रे महादेव क्षेत्रलाई कोशी प्रदेशको उदयपुर जिल्लासँग जोड्ने सडक निर्माणको योजना अघि बढाउने स्पष्ट पारे ।

‘अन्तरप्रदेशीय आवागमन सहज बनाएर व्यापार–व्यवसायलाई प्रवर्द्धनका साथै पर्यटनको विकास गर्ने मुख्य उद्देश्य हो’, मन्त्री यादवले भने।

मन्त्री यादवका अनुसार सडक पूर्वाधारले मधेस प्रदेशको आर्थिक अवस्था मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

 ‘धार्मिक पर्यटनसँगै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन मार्ग सहयोगी हुनेछ’, उनले थपे । 

त्यस्तै, लहान नगरपालिकाले प्रस्तुत गरेको आव २०८३-८३ को बजेटको प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा ल्याइएका योजनालाई सफल बनाउन प्रदेश सरकारले साथ दिने आश्वासन दिए । 

त्यसैगरी, लहानको  खुट्टी नहर पुनःसञ्चालनको लागि मधेस प्रदेश सरकारले बजेट समावेश नगरेको भन्दै आलेचनाकाबीच मन्त्री यादवले रकमान्तर गरेर भए पनि आवश्यक रकम व्यवस्थापन गरिने बताए। ‘किसानको मागलाई बेवास्ता गरिन्न’, उनले भने। 

जिल्लाको सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । 
 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ३६ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर