धनुषामा होटल सञ्चालकसहित तीन जनाको मृत्यु, फ्रिजबाट करेन्ट लागेको आशंका « Khabarhub

धनुषामा होटल सञ्चालकसहित तीन जनाको मृत्यु, फ्रिजबाट करेन्ट लागेको आशंका


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– धनुषामा होटल सञ्चालकसहित तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका– ७, पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलका सञ्चालसहित तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा होटेल सञ्चालक शिवकुमार महतो, उनकी श्रीमती र एक जना महिला कामदार रहेको धनुषा प्रहरीले जनाएको छ ।

विहान अवेरसम्म होटलको ढोका नखुलेपछि होटल सञ्चालक शिवकुमार महतोकी आमा होटलको ढोका खोल्न गएकी थिइन् । ढोका खोल्दा तीनै जना मृत अवस्थामा भुइमा ढलेको देखेपछि उनले स्थानीयलाई गुहारेकी थिइन् । स्थानीयले प्रहरीमा खबर गरेसँगै प्रहरी घटनास्थल पुगेको थियो ।

तीनै जनाको शव फ्रिज नजिकै भुइमा फेला परेको थियो । प्रहरीले फ्रिजबाट करेन्ट सर्ट हुँदा उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमाग गरेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक(डीएसपी) रामेश्वर कार्कीका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ११ : ३३ बजे

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको

नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ : महानायक

काठमाडौं– महानायक राजेश हमालले कुनै पनि शक्तिको प्रभावका कारण सार्वभौमिकता

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा