प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने  « Khabarhub

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन ६ देखि ८ गतेसम्म अर्थात् जुलाई २२ देखि २४ सम्म अमेरिकाको लस भेगासमा आयोजना हुने डेफनेसन एक्पोमा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन पाउनु आफूका लागि ठूलो सम्मान र गर्वको विषय भएको उल्लेख गरेकी छन् ।

 ‘नेपाल र बहिरा समुदायको प्रतिनिधित्व गर्ने यो अवसर दिएकोमा आयोजक जोएल बारिश र सम्पूर्ण बहिरा राष्ट्र समुहप्रति म आभारी छु,’ थापाले लेखेकी छन् ।

थापाले विश्वभर रहेका बहिरा समुदायका सदस्यहरूलाई एकता, पहिचान र सशक्तीकरणको यो प्रेरणादायी उत्सवमा सहभागी भई लस भेगासमा भेट्ने आह्वान समेत गरेकी छन् । 

डेफनेसन एक्पोमा श्रवण अशक्तता भएका व्यक्तिहरूका लागि विश्वकै सबैभन्दा ठूलो खुला सम्मेलन मानिन्छ, जसमा ७१ देशका १५ देखि २५ हजारसम्म प्रतिनिधिहरू, अभियन्ता, संस्थाहरू र बहिरा समुदायका सदस्यहरू सहभागी हुने अनुमान गरिएको छ । 

प्रदेशसभा सदस्य थापाको सहभागिता नेपालका लागि मात्र नभई दक्षिण एसियाली बहिरा समुदायका लागि पनि गर्वको विषयका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ४४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा