प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने  « Khabarhub

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन ६ देखि ८ गतेसम्म अर्थात् जुलाई २२ देखि २४ सम्म अमेरिकाको लस भेगासमा आयोजना हुने डेफनेसन एक्पोमा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन पाउनु आफूका लागि ठूलो सम्मान र गर्वको विषय भएको उल्लेख गरेकी छन् ।

 ‘नेपाल र बहिरा समुदायको प्रतिनिधित्व गर्ने यो अवसर दिएकोमा आयोजक जोएल बारिश र सम्पूर्ण बहिरा राष्ट्र समुहप्रति म आभारी छु,’ थापाले लेखेकी छन् ।

थापाले विश्वभर रहेका बहिरा समुदायका सदस्यहरूलाई एकता, पहिचान र सशक्तीकरणको यो प्रेरणादायी उत्सवमा सहभागी भई लस भेगासमा भेट्ने आह्वान समेत गरेकी छन् । 

डेफनेसन एक्पोमा श्रवण अशक्तता भएका व्यक्तिहरूका लागि विश्वकै सबैभन्दा ठूलो खुला सम्मेलन मानिन्छ, जसमा ७१ देशका १५ देखि २५ हजारसम्म प्रतिनिधिहरू, अभियन्ता, संस्थाहरू र बहिरा समुदायका सदस्यहरू सहभागी हुने अनुमान गरिएको छ । 

प्रदेशसभा सदस्य थापाको सहभागिता नेपालका लागि मात्र नभई दक्षिण एसियाली बहिरा समुदायका लागि पनि गर्वको विषयका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ४४ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर