हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ « Khabarhub

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका ‘जोगी’ उपनामले चिनिने लोकबहादुर महत पक्राउ परेका छन् । उनलाई चितवनको देवघाटस्थित एक वृद्धाश्रमबाट प्रहरीले पक्राउ गरेको हो ।

महोत्तरी बर्दिवास नगरपालिका–१ का ४६ वर्षीय महत २०८२ असार ५ गते बिहान करिब ५ बजेको समयमा तनहुँको देवघाट गाउँपालिका–५ बद्रिमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेलको हत्या गरी फरार भएका थिए । मादक पदार्थ सेवन गरी कुटपिट गर्दा पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न अन्य दुई अभियुक्त—पाल्पा तानसेन नगरपालिका–८ का २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ का ४२ वर्षीय राम लामा-लाई असार ५ कै दिन पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तर, हत्या आरोपमा संलग्न महत भने घटनापछि फरार थिए । उनलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी निरीक्षक उदयराज पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले असार ७ गते बिहान करिब १० बजे चितवन भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो । 

प्रहरीले महतलाई नियन्त्रणमा लिएर तनहुँको आबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयमार्फत थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी आशिष विकका अनुसार घटनामा संलग्न सबै तीन अभियुक्त पक्राउ परिसकेका छन् र विस्तृत अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : १३ बजे

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘मूल्य पारदर्शिता सप्ताह’मा महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता