खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा « Khabarhub

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अदानचुली – जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्‌घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् ।

पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका घोषणा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए। पालिका क्षेत्रभित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने सामूहिक प्रतिबद्धता भएसँगै पालिकालाई बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिएको उनले उल्लेख गरे ।

बालश्रम तथा बालविवाहमुक्त घोषणा गर्ने अभियानअन्तर्गत खार्पुनाथ–१ मा गत जेठ १६ गते, वडा नं २ मा २२ गते, वडा नं ३ मा २३ गते, ४ मा १४ गते र वडा नं ५ मा २० गते घोषणा गरिएको गाउँपालिकाका अधिकृत दीपक शाहीले जानकारी दिए । 

प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार केही दिनअघि जिल्लाको सिमकोट गाउँपालिका–२ का १५ वर्षीय युवक र खार्पुनाथ गाउँपालिका–२ की १४ वर्षीया बालिकाबीच भएको विवाह पनि बदर गरिएको छ । जिल्लामा पहिलो पटक उमेर नपुगी गरिएको बालविवाह बदर भएको उनले जानकारी दिए ।

स्थानीय सरकार, सरोकार भएका, स्थानीय बासिन्दालगायतको सामूहिक प्रतिबद्धता अनुसार कोहीकसैले बालविवाह गर्नरगराउन नपाउने, १८ वर्ष नपुगी कुनै पनि विकास आयोजनाका काम गर्न-गराउन नपाउने गरी पहिलो गाउँपालिकाका रूपमा खार्पुनाथलाई घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताए।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिभराज शर्मा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शंकर पोखरेल, स्थानीय जनप्रतिनिधिलगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

गाउँपालिकास्थित सीता माध्यामिक विद्यालय, मान्धारा माध्यामिक विद्यालयलगायत अन्य विद्यालयका छात्रछात्राद्वारा बालश्रम र बालविवाहसम्बन्धी जनचेतनामूलक देउडा गीत, नृत्यसँगै विभिन्न किसिमका झाँक्री प्रदर्शन गरिएको अध्यक्ष रावलले जानकारी दिए । 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ७ : ४१ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर