भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार « Khabarhub

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली नागरिकको सफल उद्धार गरिएको छ। आकर्षक जागिरको लोभ देखाएर त्यहाँ पुर्‍याइएका उनीहरूलाई शारीरिक र मानसिक यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको पाइएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र सामाजिक संस्था केआइन इन्डियाको सहयोगमा ती नेपालीहरुको उद्धार गरिएको जानकारी दिएको हो।

दूतावासका अनुसार, नेपाली युवाहरूलाई भारतको सीमावर्ती क्षेत्र हुँदै उत्तराखण्ड पुर्‍याएर बन्धक बनाइएको थियो। ती युवाहरूमाथि कुटपिट गरिनुका साथै अवैध रूपमा पैसा असुलिएको बताइएको छ । घटनामा संलग्न केही व्यक्तिहरुलाई स्थानीय प्रहरीले पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको बताइएको छ।

दूतावासले उद्धार गरिएका नेपालीहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्य परीक्षण, कानुनी सहायता र नेपाल फर्काउने प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ८ : ४९ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर