भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार « Khabarhub

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली नागरिकको सफल उद्धार गरिएको छ। आकर्षक जागिरको लोभ देखाएर त्यहाँ पुर्‍याइएका उनीहरूलाई शारीरिक र मानसिक यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको पाइएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र सामाजिक संस्था केआइन इन्डियाको सहयोगमा ती नेपालीहरुको उद्धार गरिएको जानकारी दिएको हो।

दूतावासका अनुसार, नेपाली युवाहरूलाई भारतको सीमावर्ती क्षेत्र हुँदै उत्तराखण्ड पुर्‍याएर बन्धक बनाइएको थियो। ती युवाहरूमाथि कुटपिट गरिनुका साथै अवैध रूपमा पैसा असुलिएको बताइएको छ । घटनामा संलग्न केही व्यक्तिहरुलाई स्थानीय प्रहरीले पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको बताइएको छ।

दूतावासले उद्धार गरिएका नेपालीहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्य परीक्षण, कानुनी सहायता र नेपाल फर्काउने प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ८ : ४९ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको