परराष्ट्रमन्त्री जनरल डिबेटमा सहभागी | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री जनरल डिबेटमा सहभागी


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् ।

त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्रसङ्घको महत्व र भूमिकाको चर्चा गरे ।

प्रतिरोधात्मक कूटनीति, दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग, अन्तरराष्ट्रिय कानूनको परिपालना तथा मानवअधिकारको प्रवद्र्धनमा जोड दिँदै उनले बहुपक्षीयतावादलाई सुदृढ तुल्याउनुपर्ने बताए ।

महासभामा १८८ देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख र सदस्य मुलुकका प्रतिनिधिमण्डलका प्रमुख यही असोज १३ गतेसम्म उच्चस्तरीय बैठकहरुमा सहभागी हुनेछन् ।

महासभामा मन्त्री ज्ञवालीले यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि असोज १३ गते नेपालले महासभामा सम्बोधन गर्ने कार्यक्रम निर्धारण गरिएको थियो ।

बुधबार मन्त्री ज्ञवाली दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा पनि सहभागी थिए । दिगो विकासका लक्ष्य हासिल गर्ने सन्दर्भमा हालसम्म भएका प्रगति, कार्यान्वयनको समीक्षा र चुनौतीबारे बैठकमा गहन छलफल भएको थियो । राष्ट्र–राष्ट्रबीच सहकार्य र साझेदारीको माध्यमबाट नै दिगो विकासका लक्ष्य हासिल गर्न सम्भव हुनेमा सबै सहभागीको मतैक्यता थियो ।

गत भदौ ३१ गतेदेखि प्रारम्भ भएको ७४औँ महासभा बैठकको शीर्षक ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ । यसैबीच मन्त्री ज्ञवाली महासचिव गुटरेसले आयोजना गरेको राजकीय दिवाभोजमा सरिक भए भने संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी धर्मपत्नी मेलिना ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा श्रीमती सरस्वती ज्ञवालीका साथ सहभगी भए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : ३८ बजे

ज्ञानेन्द्रका पाँच गल्ती, एक राम्रो काम !

काठमाडौं – आज माघ १९ गते । ०६१ सालमा आजकै

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

मलङ्गवा– गैरसरकारी संस्था महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले विवाहको

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत भेटिएका

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

बागलुङ– अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ