रहेनन् घाटेवैद्य सुवर्ण बा  « Khabarhub

रहेनन् घाटेवैद्य सुवर्ण बा 


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका वैद्य बा सुवर्ण वैद्यको निधन भएको छ । 

ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका वैद्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । 

यही असार ५ गते राती जय बागेश्वरीमा मचाः ती जात्रामा सहभागी वैद्य प्रसाद ग्रहण गरी निवास तर्फ जानेक्रममा ट्याक्सीले ठक्कर दिएको बताइएको छ । 

काठमाडौं महानगरपालिका वडा नं ८ का संस्कृतिविद, समाजसेवी, तथा पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका वैद्य, दुई पटक निर्वाचित वडा अध्यक्ष तथा राष्ट्रवादी नेवाः संगठनका सल्लाहकार समेत हुन् । 

घाटे वैद्यका नामले चिरपरिचित वैद्यले दाहसंस्कारका लागि चितामा राखिएका धेरै व्यक्तिलाई जिवनदान दिएर बचाएको इतिहास पनि छ । वैद्यको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने आर्यघाट चिकित्सालयकी नर्स कल्याणी विष्टले जानकारी दिइन् । 

उनको निधन प्रति दुःख व्यक्त गर्दै विष्टले अन्तिम अवस्थामा आर्यघाट सेवा केन्द्रमा आउने बिरामीहरूको आशाको दियो निभेको बताइन् । खबरहबसँग कुरा गर्दै विष्टले भनिन्, ‘हाम्रो त पिल्लर नै ढल्यो ।’

यो पनि पढ्नुहोस् :

घाटले बोलाएको बिरामीलाई जब वैद्यले १० वर्ष आयु थपिदिए…

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ३ : १३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ