ट्रम्पबारे रसियाको कटाक्ष- नोबेल पुरस्कार जित्न सत्ता सम्हालेका शान्तिदूतले अर्को युद्ध थाले « Khabarhub

ट्रम्पबारे रसियाको कटाक्ष- नोबेल पुरस्कार जित्न सत्ता सम्हालेका शान्तिदूतले अर्को युद्ध थाले


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले इरननमाथि अमेरिकाले आइतबार बिहान गरेको आक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गरेका छन् । 

आइतबार एक प्रतिक्रिया दिँदै उनले अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमण गरेर अमेरिका लागि नयाँ युद्ध सुरु गरेका बताएका छन् ।

शनिबार राति राष्ट्रपति ट्रम्पले इरानका तीन वटा प्रमुख परमाणु केन्द्रहरूमा आक्रमण गरेको जानकारी दिएका थिए । उनले त्यस क्रममा चेतावनी दिँदै यदि तेहरानले शान्तिका लागि सहमति नगरे अझै विनाशकारी हमला गर्ने बताएका थिए।

उता मेदभेदेभले टेलिग्राममार्फत् व्यङ्ग्य गर्दै  लेखेका छन्,  ‘शान्तिदूतका रूपमा सत्ता सम्हालेका ट्रम्पले अब अमेरिकाको लागि नयाँ युद्ध सुरु गरेका छन् । यस्तो सफलताबाट त ट्रम्पले नोबेल शान्ति पुरस्कार जित्ने छैनन्।’

मेदभेदेभले इरानमाथि इजरायली आक्रमणलाई जिओनिस्ट शासनको ज्यादती भनेका छन् । ‘जिओनिस्ट शासनद्वारा इरानमाथि युद्ध लाद्ने  कार्यलाई अमेरिकी सरकारले पछ्यायो, इतिहासमा पहिले यस्तो कहिल्यै भएको थिएन ।’

रुसको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपीआर) का नेता लियोनिद स्लुट्स्कीले पनि इरानमाथि अमेरिकी आक्रमणको अर्थ नभएको बताएका छन् । ‘अमेरिकाका लागि यी आक्रमणहरूको कुनै सैन्य औचित्य थिएन।  तिनीहरूलाई अन्तर्राष्ट्रिय कानुन अनुसार न्यायिक र जायज ठहर गर्न सकिन्न।’

स्लुट्स्की रुसस्थित स्टेट डुमाको अन्तर्राष्ट्रिय मामिला समिति अध्यक्ष पनि हुन् । उनले टेलिग्राममा लेखेका छन्, ‘यस तनावको परिणाम केवल केही क्षेत्रमा सीमित हुने छैन। वाशिङ्टनले तेहरानको जवाफी कारबाही अनिवार्य आउने बुझेकै छ। यसले टकरावलाई नयाँ चरणमा पुर्‍याइरहेको छ । अमेरिकी कदमबाट तेस्रो विश्वयुद्धको जोखिम थप बढाइरहेको छ।’

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : १७ बजे

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका