जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’ « Khabarhub

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स अफिसमा ‘डिजास्टर’ सावित भएको छ ।

अति कमजोर व्यापार गरेको फिल्मलाई ‘डिजास्टर’को ट्याग लगाइन्छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको लाइफटाइम ग्रस कलेक्सन २६ हजार ९ सय छ ।

अर्थात्, यो फिल्म हेर्न ११० दर्शक मात्रै हलमा पुगेको बोर्डको तथ्यांकले देखाउँछ ।

यो फिल्म जेठ २ गते प्रदर्शनमा आएको थियो । त्यही दिन अर्को फिल्म ‘के घर के डेरा : घर नम्बर २’ प्रदर्शनमा आएको थियो ।

यी दुवैको फिल्मको व्यापार सुखद रहन सकेन । ‘घर नम्बर २’को पनि लाइफटाइम ग्रस कलेक्सन जम्मा ५७ लाख ७० हजार ७३२ छ ।

‘हेल्लो काँशीराम’को लेखक र निर्देशक रिम विश्वकर्मा हुन् । यस फिल्मको स्टार कलाकार दिलीप मात्रै हुन् । प्रियंका विशेष भूमिकामा छिन् ।

‘घर नम्बर २’को निर्देशक दीपेन्द्र के खनाल हुन् । फिल्ममा नायकहरु आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, नायिकाहरु केकी अधिकारी र उपासनासिंह ठकुरी छन् ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ५९ बजे

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य