आज २०८२ साल असार ९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार कृष्ण पक्षको त्रयोदशी तिथि। सोम प्रदोष व्रत। तदनुसार सन् २०२५ जुन २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। साथीभाइको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। मन प्रशन्न रहने छ। यात्रा सफल हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ।

मिथुन : दिन राम्रो छ। आफूले आफूलाई चिन्न नसक्दा समस्या बढ्नेछ। अरुका लागि मिहिनेत गर्दा समस्या हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

कर्कट : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा घाटा हुनेछ। इज्जतमा प्रश्न उठ्ने जोखिम छ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

कन्या : दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको साथ मिल्नेछ। योजना अनुसार सहकार्य गरेर अगाडि बढ्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा खटपटी बढ्नेछ।

तुला : दिन सामान्य छ। श्रमको लाभ अरुले लिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृश्चिक : मन शान्त र प्रशन्न रहने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ।

धनु : आफ्ना साथीबाट धोका हुने जोखिम छ। सञ्चित धनको रक्षा गर्नुपर्ने छ। दाजुभाइसँगको सहकार्यबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। स्वास्थ्यमा सुधार हुनेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । विपक्षीका कुरामा अल्झिनु भन्दा कर्तव्य बोध गरेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मीन : दिन सामान्य छ। काममा आलस्यता बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुन्छ। शनिदेवको प्रभावबाट बच्न धार्मिक कार्यमा सहभागी भएर यात्रा गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ४ : ५३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने