फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर, अनमोल पनि विपक्षी | Khabarhub Khabarhub

फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर, अनमोल पनि विपक्षी


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनमा आएको एक वर्ष नाघेपछि फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर भएको छ ।

नरेन्द्रबहादुर श्रेष्ठ नाम गरेका व्यक्तिले निर्माण टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । अदालतका अनुसार फिल्मका नायक अनमोल केसीलाई पनि यस मुद्दाको विपक्षी बनाइएको छ ।

साथै, निर्माता रोहित अधिकारी, निर्देशक सुयोग गुरुङ र चलचित्र जाँच समीतिलाई पनि उनले विपक्षी बनाएका छन् ।

निर्माता अधिकारीका अनुसार श्रेष्ठले फिल्मको एक संवादमा आफ्नो नम्बर प्रयोग भएका कारण मुद्दा दायर गरेका हुन् ।

फिल्म विभिन्न प्लेटफर्ममा प्रदर्शनमा आएपछि उक्त नम्बरमा युवतीहरुले फोन गरी मुद्दा दायर गर्ने व्यक्तिलाई हैरानी पारेको तथ्य सही रहेको रोहितले बताए ।

रोहितले भने, ‘उहाँलाई राति पनि फोन आउँदो रहेछ । अनमोलसँग बोल्ने भन्दा रहेछन् । उहाँ उमेरले वृद्ध भइसक्नु भएको रहेछ । उहाँलाई गाह्रो नै परेको हो ।’

यस विषयमा श्रेष्ठसँग आफू र निर्देशक गुरुङले माफीसमेत मागिसकेको उनले बताए ।

भुलवस नम्बर भएको संवादमा ‘विप’ राखिएको फिल्मको फाइल सट्टा पुरानै फाइल ओटीटीमा सार्वजनिक भएपछि ती व्यक्ति झन् समस्यामा परेको रोहितको बुझाइ छ ।

अहिले भने उक्त नम्बर भएको भिडियो आधिकारिकरुपमा कुनै प्लेटफर्ममा नरहेको उनको दाबी छ ।

उनले भने, ‘अहिले नम्बरको संवाद भएको भिडियो फाइल हटाइसकेका छौं । उहाँलाई फोन आउने क्रम भने रोकिएको छैन ।’

अब कानुनी प्रक्रियामै चल्ने उनले बताए । भने, ‘मुद्दा फिर्ता गर्न आग्रह गर्छौं । उहाँले मान्नुभएन भने कानुनी प्रक्रियामा नै जाने हो ।’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ०९ बजे

राष्ट्रिय वाणिज्य बैंकले ‘आरवीवी फोकस ४०’ म्युचुअल फण्ड बिक्री गर्ने 

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरवीवी मर्चेन्ट बैंकिङ

ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री डा. देउवाको राजीनामा

​काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख

पाल्पामा आज सिन्दुर जात्रा

तानसे– नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले