तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर « Khabarhub

तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेलुगु नायक विजय देवरकोन्डाविरुद्ध मुद्दा दायर भएको छ । भारतका आदिवासीहरुको संस्था जोइन एक्सन कमिटी अफ ट्राइबल कम्युनिटीजले मुद्दा दर्ता गरेको हो ।

विजयको अभिव्यक्तिलाई लिएर भारतका आदिवासीहरु असन्तुष्ट थिए । उक्त संस्थाका अध्यक्ष नेनावथ अशोक कुमार नाइकले उनीविरुद्ध साइबराबादको रायदुर्गम प्रहरी चौकीमा उजुरी दर्ता गरेका हुन् ।

उजुरी परेसँगै प्रहरीले १७ जुन २०२५ मा मुद्दा दायर गरेको हो । अहिले उनीमाथि अनुसन्धान भइरहेको भारतीय मिडिया हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

केही महिनाअघि हैदरावादमा एक फिल्मको कार्यक्रममा दिएको अभिव्यक्ति कारण विजयले मुद्दा खेप्नु परेको हो । उनले त्यसबेला भनेका थिए, ‘आजका आतंकवादीहरू ५०० वर्ष पहिलेका आदिवासीहरूले जस्तै लड्छन् ।’

उनले पहलगाममा भएको आतङ्कवादी हमलालाई लिएर उक्त अभिव्यक्ति दिएका हुन् । उनले ती आतङ्कदी र पाँच सय वर्ष पहिलाका आदिवासीको शैक्षिक चेतना उही भएको कोणबाट अभिव्यक्ति दिएका थिए ।

तर, आदिवासीहरुले भने आतङ्कवादीसँग आफूहरुलाई जोडेको भन्दै असन्तुष्ट बनेका हुन् । यो घटनाले अहिले मुद्दाको स्वरुप लिएको छ ।

विजयले सामाजिक सञ्जालबाट आदिवासीसमक्ष माफी पनि मागेका छन् । उनले कसैको भावना र आत्मासम्मानमा चोट पुर्‍याउने आफ्नो नियत नरहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ५४ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम