इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ? « Khabarhub

इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भएको घोषणा गरेका छन्। ट्रम्पको यो घोषणा सत्य भएमा दुई देशलाई युद्धको अन्त्यतर्फ लैजाने छ।

ट्रम्पको घोषणा

सबैलाई बधाई छ! इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भइसकेको छ (झन्डै ६ घण्टापछि, जब दुबै देशले आफ्ना अन्तिम सैन्य अभियानहरू पूरा गर्छन्!), १२ घण्टाको लागि युद्ध विराम हुनेछ । त्यसपछि युद्ध अन्त्य भएको मानिने छ।’

आधिकारिक रूपमा इरानले युद्ध विराम सुरू गर्नेछ । १२औं घण्टामा इजरायलले युद्ध विराम सुरु गर्नेछ। त्यसपछि २४औं घण्टामा १२ दिने युद्धको अन्त्यलाई विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ। युद्ध विरामको प्रत्येक चरणमा अर्को पक्ष शान्त र सम्मानजनक व्यवहार गर्नेछ।

यदि सबै कुरा योजना अनुसार चल्यो भने म दुबै देशलाई यस्तो युद्धको अन्त्य गर्न देखाएको धैर्यता, साहस र बुद्धिमत्ताका लागि बधाई दिन चाहन्छु, जसलाई ‘१२ दिने युद्ध’ भनेर चिनिनु पर्छ।

यो यस्तो युद्ध थियो, जुन वर्षौंसम्म तानिन सक्थ्यो र पुरै मध्यपूर्वलाई तहस-नहस पार्न सक्थ्यो। तर त्यो भएको छैन र कहिल्यै हुने पनि छैन! ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्वलाई आशीर्वाद दिनुहोस्, ईश्वरले अमेरिकालाई आशीर्वाद दिनुहोस् र ईश्वरले संसारलाई आशीर्वाद दिनुहोस् ।

यो पनि पढ्नुहोस्

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ४२ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त