इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल « Khabarhub

इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्नतः यो युद्धलाई नलम्ब्याउने पक्षमा पुगेका छन्।

इजरायलले आणविक हतियार राखेको आरोपमा आक्रमण थालेको एक सातापछि युद्धमा जोडिएको अमेरिकाले इरानका तीन आणविक केन्द्रमा बम हानेको थियोे। तर उसको उक्त निर्णय प्रत्युत्पादक सावित भयो। इरानले गयराति कतारस्थि अमेरिकी सैन्य बेसमै ६ वटा मिसाइल हानेर धावा बोलिदियो। त्यसपछि इरानको शासक नै फेर्ने अभियानमा रहेका ट्रम्प युद्ध विराम घोषणा गर्न पुगेका छन्।

इरानको सरकारी समाचार एजेन्सी इर्नाले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९(आईआरजीसी) को वक्तव्य उद्धृत गर्दै इरानबाट प्रक्षेपित ६ वटा मिसाइल कतारको अल उदैदस्थित अमेरिकी सैन्य बेसमा खसेको पुष्टि गरेको छ।

यस आक्रमणलाई गत साता अमेरिकाद्वारा इरानका प्रमुख परमाणु स्थलमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको थियोे।

तर, कतारले यस दाबीको खण्डन गर्दै इरानबाट जम्मा १९ वटा मिसाइल प्रक्षेपण भएको जनाएको छ। तीमध्ये एकमात्र मिसाइल बेसमा लागेको कतारको दाबी छ। बाँकी सबै कतारी हवाई सुरक्षा प्रणालीले खसालिएको दाबी कतारले गरेको छ।

घटना विवरण

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कतारस्थित अमेरिकी सैन्य हवाई बेस अल उदैदमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ। उसले चेतावनी दिँदै यदि अमेरिका वा उसका सहयोगीले फेरि आक्रामक कार्य गरे इरानले बल प्रयोग गरेर जवाफ दिने जनाएको थियोे।

आक्रमणको बेलामा दोहाको आकाशमा आगोको ज्वालाहरू देखिएका थिए। अल उदैदको मिसाइल रक्षा प्रणाली सक्रिय रहेको दृश्य पनि देखिएको थियो। कतारको राजधानी वरिपरि धेरै ठूला विस्फोटहरूको आवाज पनि सुनिएको थियो।

कतारको परराष्ट्र मन्त्रालयले यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन भनेको थियो। दोहाले आवश्यक परे जवाफ दिने अधिकार सुरक्षित राखेको बताएको थियो।

कतारको रक्षा मन्त्रालयले १९ वटा मिसाइलमध्ये १८ वटा आकाशमै खसालिएको जनाएको थियो। एउटा मिसाइल बेसमा खसे पनि कुनै हताहत नभएको दाबी कतारले गरेको थियो।

उता इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले आक्रमण आवासीय क्षेत्रभन्दा टाढा गरिएको जनायो। यसले कतारजस्तो मित्र राष्ट्रमा कुनै खतरा उत्पन्न नगर्ने दाबी उसले गरेको थियो।

त्यस आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण युद्धविरामको सहमति भएको बताएका छन्। यसले जारी द्वन्द्वको अन्त्य हुने आशा गरिएको छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : १७ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र