काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे पनि इस्लामिक रेभुलेसनरी गार्ड कर्प (आइआरजिसी) मा आबद्ध सञ्चार माध्यम फार्सले यसलाई झुटो भनेको छ।
फार्सले नाम नछाप्ने शर्तमा भन्दै औपचारिक वा अनौपचारिक रूपमा युद्ध विरामको कुनै प्रस्ताव टेबल नभएको जनाएको छ।
दोहामा अमेरिकी बेसमा भएको इरानी आक्रमणपछि अमेरिकी मनोबल घटेपछि ध्यान अन्यत्र मोड्न त्यसो भएको सो समाचारमा उल्लेख छ।
इरानले भने इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन नसक्ने बताएको छ।
यो पनि पढ्नुहोस्
इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा
इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल
इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?
ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण
प्रतिक्रिया