आईएएएफको अध्यक्षमा दोहोरिए कोए « Khabarhub

आईएएएफको अध्यक्षमा दोहोरिए कोए


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लर्ड कोए दोस्रो कार्यकालका लागि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) को अध्यक्षमा चयन भएका छन् ।

बेलायती पूर्व ओलम्पियन खेलाडी कोए २०१५ मा पहिलो पटक आईएएएफको अध्यक्षमा निर्वाचित भएका थिए भने बुधबार उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । कोएले ओलम्पिक खेलमा बेलायतलाई १५ सय मिटरको दौडमा स्वर्ण पदक दिलाएका थिए ।

सेप्टेम्बर २७ मा कतारको दोहामा विश्व एथलेटिक्स च्याम्पियनसिप शुरु हुँदैछ । प्रतियोगिता अगाडि कोए दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

कोएको नयाँ कार्यसमितिमा कोलम्बियाकी जिमेना रेष्टेरिपो आईएएएफमा चयन हुने पहिलो महिला उपाध्यक्ष बनेकी छन् । रेष्टेरिपोले सन् १९९२ को ओलम्पिकमा कोलम्बियाका लागि ४ सय मिटर एथलेटिक्समा पदक दिलाएकी थिइन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ३ : ५८ बजे

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो