छानबिन समिति अस्वीकार गर्दै राप्रपाले भन्यो- दूधको साक्षी बिरालो    | Khabarhub Khabarhub

छानबिन समिति अस्वीकार गर्दै राप्रपाले भन्यो- दूधको साक्षी बिरालो   


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समिति अस्वीकार गरेको छ । 

 प्रतिनिधिसभाको मंगलबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वमुख्यसचिव शंकरदाब वैरागीको संयोजकत्वमा गठन भएको छानबिन समिति स्वीकार नभएको बताएका हुन् । 

‘यो समितिमा हाम्रो आपत्ति छ । यो निगाहमा बनेको समिति हो,’ उनले भने, ‘जसका उपर छानबिन गरिनुपर्ने उहाँहरूकै नेतृत्वमा यो समिति बन्यो भने यो त दूधको साक्षी बिरालो हुन्छ । यसले न्याय दिँदैन ।’ 

 राप्रपाले मंगलबारको बैठक पनि बहिष्कार गरेको छ । यसअघि रास्वपा पनि बैठक बहिष्कार गर्दै बैठक स्थलबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ४६ बजे

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का

गण्डकीमा राइड सेयरिङ नरोक्न अन्तरिम आदेश

पोखरा – गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालनमा रोक लगाउने

योजना आयोगका उपाध्यक्ष भन्छन्‌ : बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य जोखिममा पर्‍यो

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बाह्य