गृहमन्त्रीलाई अमनलाल मोदीको प्रश्न- समिति बनिसकेपछि राजीनामा किन दिनुभएन ?  « Khabarhub

गृहमन्त्रीलाई अमनलाल मोदीको प्रश्न- समिति बनिसकेपछि राजीनामा किन दिनुभएन ? 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी अमनलाल मोदीले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणको छानविनका लागि समिति बनिसकेपछि राजीनामा नदिनुको कारणबारे प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारकाले उच्चस्तरीय समिति गठन गरिसकेपछि पनि राजीनामा नदिनुको कारणबारे प्रश्न गरेका हुन् ।  

‘पछि अनुसन्धान सकेर बेदाग भएपश्चात पार्टीले पत्याएको खण्डमा पुनः मन्त्री बनेर जीवन बिताइराखेका छन् र सादा जीवन उच्च विचार पनि भएका छन्,’ सांसद मोदीले गृहमन्त्रीलाई प्रश्न गरे, ‘तसर्थ यो किन गर्नुभएन ?’

उनले आफूमाथि गम्भीर आरोप लाग्दा छानबिन समिति गठन भएर अनुसन्धान भइरहेको बेला सामान्यतया राजीनामा दिने चलन रहेको पनि गृहमन्त्री लेखकलाई स्मरण गराए ।     

‘खासमा आफूप्रति वा मन्त्रीप्रति गम्भीर आरोप लागेपछि छानबिन समिति बनेर अनुसन्धान भइरहेको बेला सामान्यतया राजीनामा वा मार्गप्रशस्त गर्ने चलन छ,’ मोदीले भने, ‘ता कि अनुसन्धानमा बाधा–बिघ्न वा प्रमाण नष्ट नहोस् भनेर ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ४३ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा