रास्वपा र राप्रपालाई कांग्रेसको प्रश्न- सदन बहिष्कार गरेर कति दिन चल्छ ? « Khabarhub

रास्वपा र राप्रपालाई कांग्रेसको प्रश्न- सदन बहिष्कार गरेर कति दिन चल्छ ?


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण सम्बन्धमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख सचेतक घिमिरेले सदन बहिष्कार गरेका प्रतिपक्षी दलहरूलाई उक्त समितिलाई विश्वास गरेर काम गर्न दिनुपर्नेमा जोड दिए । उनले भने, ‘यसरी सदन बहिष्कार गरेर कति दिन सम्म चल्छ ? संसदीय अभ्यासमा सरकारमाथि विश्वास नगरेर कसरी हुन्छ ?’

प्रमुख सचेतक घिमिरेले समितिलाई साथ दिई सहयोग गर्न आग्रह गरे । साथै उनले त्यसो गरेमा जनताप्रतिको कर्तव्य पनि हुने उल्लेख गरे । भिजिट भिसा प्रकरण सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको उनले बताए ।
 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  २ : ०४ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका