स्थानीय तह सङ्घीयताको मेरुदण्ड हुन् : मन्त्री गुप्ता | Khabarhub Khabarhub

स्थानीय तह सङ्घीयताको मेरुदण्ड हुन् : मन्त्री गुप्ता


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मेरुदण्डका रूपमा परिभाषित गरेका छन् ।

नागार्जुन नगरपालिकाको ११औँ नगरसभा उद्‌घाटन समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गुप्ताले स्थानीय तहमार्फत जनतासम्म सेवा, विकास र सुशासन पुर्‍याउन सकिने बताए। 

उनले भने, ‘स्थानीय सरकारहरू नागरिकका नजिकको सरकार हुन्, ती नै सङ्घीयताको मेरुदण्ड हुन् । जब स्थानीय तह सबल र पारदर्शी हुन्छन्, तब मुलुक समृद्धिको दिशामा अगाडि बढ्छ ।’

मन्त्री गुप्ताले नागार्जुन नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई सन्तुलित तथा समावेशी भन्दै प्रशंसा गरे। उनले शिक्षामा गुणस्तर वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य पहुँच, वातावरण संरक्षण तथा सूचना प्रविधिमा नगरपालिकाको प्राथमिकता स्वागतयोग्य भएको बताए।

उनले भने, ‘नागार्जुन नगरपालिकाले समावेशी विकासको दृष्टिकोण अपनाउँदै सबै वर्ग र समुदायलाई समेट्ने प्रयास गरिरहेको छ, जुन अत्यन्त सराहनीय छ । अन्य पालिकाले पनि यस्तो अभ्यासबाट प्रेरणा लिनुपर्छ ।’

नगरसभामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो । 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : ०८ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का